सिरहामा एक पुरुषको शव फेला, शव उठाउन सनाखत हुन सकेन

मधेशपाटी अनलाइन     २०७८ मंसिर ७, मंगलवार ११:०७ बजे मा प्रकासित



सिरहा । सिरहा जिल्लाको लहान नगरपालिकास्थित पडरियामा आज एकाविहान एक पुरुषको शव फेला परेको छ ।

सडक किनारमा सुन्तला रङ्गको टिसर्ट र नेपाली सेनाको युनिफर्म जस्तो पाइन्ट लगाएको अन्दाजी करिब २८÷२९ बर्षका युवकको शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको सनाखत हुन सकेको छैन ।

घटनावारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरिक्षक डा. तपन दहालले जानकारी दिए ।

युवकको शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाउने तयारी भईरहेको प्रहरीले बताएका छन ।फाइल तस्बिर

प्रतिक्रिया





Top