रामचन्द्र झा संगै डा. अजय कुमारझाले पनि नेकपा (एस) मा प्रवेश

मधेशपाटी अनलाइन     २०७८ मंसिर ७, मंगलवार १८:५५ बजे मा प्रकासित


जनकपुरधाम ।नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारीक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नंं २ को तिनकौरीयामा आज आयोजना गरिएको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता झा सहित २ हजार ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नव प्रवेशी झा लाई फूलमाला, गम्छा लगाएर पार्टी प्रवेश गराएका थिए । नेकपा एमालेवाट नेकपा माओवादि केन्द्रहुदै झा नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

यसै गरि जनकपुरधाम उपमहानगरपालिका क्षेत्रवाट बरिष्ठ दन्त चिकित्सक डा. अजय कुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर ५ सय जना नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

मिथिला अस्पताल प्राईभेट लिमिटेड र मिथिला टेक्नीकल एकेडमीका सञ्चालक समेत रहेका डा. झा नेपाली कांग्रेसको भातृसंगठन नेविसंघबाट आफ्नो राजनितीक यात्रा सुरुवात गरेका थिए ।डा.झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहिसकेका हुन् ।

प्रतिक्रिया





Top