जनमत पाटी अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका माटो सङ्कलन गर्ने

मधेशपाटी अनलाइन     २०७८ मंसिर ७, मंगलवार १९:३९ बजे मा प्रकासित


जनकपुरधाम । संगठन बिस्तारको नाउँमा जनमत पार्टीका अध्यक्ष सीके राउतले मेचीदेखि महाकालीसम्मका विभिन्न पालिकाकाको माटो सङ्कलन गर्ने भएका छन् ।

मेचीदेखि महाकालीसम्म तराई मधेशका २० जिल्लाका प्रत्येक मधेशी बाहुल्य पालिकमा पुगेर अध्यक्ष राउतले त्यहाँको माटो सङ्कलन गरी ‘मधेश एकता उद्यान’ निर्माण गर्ने निर्णय गरेको पार्टीका महासचिव चन्दन सिंहले बताए । पार्टीको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय चुनावअघि तराई मधेशका २० वटै जिल्लाको पालिकामा अध्यक्ष राउत आफै पुगेर माटो सङ्कलन गर्नेछन् । मंसिर १० गते लुम्बिनीको मायादेवी मन्दिरबाट माटो सङ्कलन कार्यक्रमको सुरुवात गरिने सिंहले बताए । जनमत पार्टीका अध्यक्ष राउतले चुनावलाई केन्द्रीत गरी सो कार्यक्रमको सुरुवात गर्न लागेका हुन् । माटो सङ्कलन अभियान भनिए पनि खासमा यो पार्टी संगठन विस्तारको अभियानसँग जोडिएको छ ।

त्यसैगरी, जनमत पार्टीले तेस्रो चरणको आन्दोलनको कार्यक्रम पनि घोषणा गरेको छ । आन्दोलनका कार्यक्रमअन्तर्गत जिल्ला कार्यकारिणी समितिको बैठक, युवा दस्ता गठन, प्रशिक्षण, आन्दोलन समिति गठनजस्ता कार्यक्रमहरु राखेको छ । मंसिर २८ र २९ गते बस्ने केन्द्रीय समितिको विस्तारित बैठकले चौथो चरणको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया





Top