पौडेल पक्षका उम्मेदवारमाथि देउवा पक्षको आक्रमण

मधेशपाटी अनलाइन     २०७८ मंसिर ८, बुधबार ०५:३२ बजे मा प्रकासित



तिलोत्तमा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रुपन्देही क्षेत्र नम्बर २ को मत गणनास्थलमा महाधिवेशन प्रतिनिधिका उम्मेदवार दीर्घबहादुर केसीमाथि आक्रमण भएको छ ।

 

रामचन्द्र पौडेल समूहबाट उम्मेद्वार बनेका केसीलाई पार्टी सभापति शेरबहादुर देउवा समूहले आक्रमण गरेको हो । मतगणना जारी रहेको अवस्थामा केसीमाथि आक्रमण भएपछि मतगणना स्थगित भएको छ ।

केसीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको नेपाली कांग्रेस बुटवल उपमहानगर सभापति खेलराज पाण्डेले जानकारी दिए । मतगणनामा पौडेल समूहका उम्मेदवारहरुले अग्रता लिएका थिए । आक्रमणपछि अहिले मतगणना स्थगित भएको छ ।

प्रतिक्रिया





Top