एमाले महाधिवेशन : प्रदेश २ बाट २ सय ३४ जना प्रतिनिधि छानिए

न्यूज डेस्क     २०७८ मंसिर ८, बुधबार १९:१६ बजे मा प्रकासित


जनकपुरधाम । नेकपा एमाले दसौं महाधिवेशनका लागि प्रदेश २ बाट २ सय ३४ जना प्रतिनिधि चुनिएका  छन्।

धनुषाबाट ५३, महोत्तरीबाट २५, सर्लाहीबाट १५, रौतहटबाट २७, बाराबाट ३८, पर्साबाट २७, सिरहाबाट १७ र सप्तरीबाट २० जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको एमाले प्रदेश २ का सचिव मनोज खड्काले जानकारी दिए।

उनका अनुसार प्रदेश कमिटीबाट ५ जना मनोनीत गरिएको छ भने मजदुरबाट ७ जना महाधिवेशन प्रतिनिधि छनोट गरिएको हो।

केन्द्रले पनि आज प्रदेश २ बाट महाधिवेशन प्रतिनिधि छनोट गर्ने जानकारी उनले दिए।

‘अहिलेसम्म मोटामोटी २ सय ३४ जना महाधिवेशन प्रतिनिधि छनोट भएका हुन्। यसमा अझै केही थपघट हुन सक्छ’, खड्काले बताएका छन।

नयाँ नेतृत्व चयनका लागि यही मंसिर १० देखि १२ गतेसम्म एमालेको १०औं राष्ट्रिय महाधिवेशन हुँदै छ।

प्रतिक्रिया





Top