मोटरसाईकल दुर्घटनामा परि एक जनाको मृत्यु

न्यूज डेस्क     २०७८ मंसिर ९, बिहीबार १९:२६ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मैसिर ०९ गते रौतहट ।

सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं ५ कुश्वाहा स्थित पुर्ब पश्चिम राजमार्गमा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नं ७ बस्ने ४० बर्षिय कुमार बस्नेतको मृत्युु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका बस्नेतको सप्तऋषी अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी एवं प्रवक्ता माधब प्रसाद काफ्लेले जानकारी दिए ।

बस र मोटरसाईकल ईलाका प्रहरी कार्यालय कडरवोनाको नियन्त्रणमा रहेको तथा आबश्यक कानुनी कार्यवाही अगाडी बढाएको प्रवक्ता काफ्लेले बताए । यस दुर्घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया





Top