अध्यक्ष ओली भन्छ एमालेका लागि हैन, देशका लागि बहुमत ल्याउँछौं

मधेशपाटी अनलाइन     २०७८ मंसिर १०, शुक्रबार १६:५० बजे मा प्रकासित



काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा एमालेका लागि नभएर देशका लागि बहुमत ल्याउने बताएका छन्।

शुक्रबार चितवनमा एमालेको १०औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले देश विकासका लागि एमालेको बहुमत आउन आवश्यक रहेको पनि बताए। ‘निकट भविष्यमा प्रदेश संघीय चुनाव आउँदै छ।

आमनेपाली दाजुभाइ दिदीबहिनीलाई भन्न चाहन्छु– चुनावको तयारीमा जाने छौं। जनमतबाट बहमुत ल्याउनु छ। यो देशका लागि हो।

एमालेका लागि होइन’, उनले भने।देशमा विकासको लहर चलाउनका लागि एमालेको बहुमत आउनु आवश्यक रहेको उनले बताए।

‘छिट्टै देशलाई अल्पविकासशीलबाट विकासशीलस्तरमा उठाएका छौं। दिगो विकास लक्ष्य नौ वर्षभित्रै हासिल गर्नु छ। यसका लागि एमालेको बहुमत आवश्यक छ’, ओलीले भने।

प्रतिक्रिया





Top