जनकपुरधाम । जनतम पार्टीका नेता तथा कार्यकर्ताहरुले जनकपुर लगायत अन्य ठाउमा रंगभेद विरुद्धको एकता दिवसको अवसरमा बृहत ¥याली तथा कोण सभा सम्पन्न गरेको छ ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीको नेता तथा कार्यकताहरुले विराटनगरको ठाकुरवाडी रोडको रामजानकी मन्दिर बाट बृहत ¥याली प्रर्दशन गर्दै हस्पिटल चौक, जिल्ला प्रशासन कार्यालय मोड, गोल्छा चौक हुँदै मुख्य बजारको सडकमा नारावाजी गर्दै वि प्लटको हनुमान मन्दिर अगाडी कोण सभा गरेका थिए ।
कोण सभालाई सम्वोधन गर्दै जनमत पार्टीको केन्द्रीय सदस्य परमेश्वर मुर्मुले भने “मधेसी, थारु, आदिवसी जनजातिसंग भईरहेको रंगभेद अन्त्य गर्नुपर्ने भन्दै रंगभेद अन्त्य नभएसम्म जनताले परिर्वतनको महसुस गर्न नसक्ने र मुलुक जहिले पनि द्धन्द्धमा फसि रहने वताए । साथै देशमा रंगभेद समाप्त नभए सम्म नेपालमा समुन्नत विकास हुन नसक्ने दावी समेत गरेका थिए ।
त्यसैगरी सप्तरी जिल्लाका पूर्व इन्चार्ज सुर्यदेव यादवले नेपालमा राना काल देखि नै राज्यपक्षवाट रंगभेदी व्यवहार हुँदै आएको र खास गरे मधेशका २७ जिल्लामा बसोवास गर्ने मधेशी समुदाय रंगभेदको शिकार भएको वताउँदै लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्था आउँदा सम्म पनि रंगभेद कायमै रहेको भन्दै राजनीतिक दलका नेताहरुको आलोचना गरेका थिए ।
सो कार्यक्रममा केन्द्रीय सदस्य सुनिता सरदार, मोरंग जिल्ला अध्यक्ष बुद्धी माझी लगतयका नेताहरुले रंगभेद वाट भईरहेको शोषणका वारेमा मन्तव्य राख्दै रंगभेद विरुद्धको आन्दोलनमा सबैलाई एकठाउँमा आई रंगभेदलाई अन्त गर्न एक जुट हुनु पर्ने वताए ।
रंगभेद विरुद्धको एकता दिवस देश भरी नै जनमत पार्टीका नेता तथा कार्यकर्ताहरुले ¥याली, कोण सभा एकसाथ गरेको छ । रंगभेद विरुद्धको एकता दिवस देशभरी मात्रै होईन अन्तराष्ट्रिय स्तरमा समेत मनाउने गरेको जनमत पार्टीका महानगरपालिका अध्यक्ष तथा बृहत ¥याली कार्यक्रमको संयोजक अरुण कुमार मण्डलले बताए ।
प्रतिक्रिया