सर्लाहीको बलरामा अधिवेशनको क्रममा विवाद हुँदा गोली चल्यो

मधेशपाटी अनलाइन     २०७८ मंसिर १२, आईतवार १९:११ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर १२ गते रौतहट ।

 

नेपाली कांग्रेसको वडा अधिवेशनको क्रममा गोली चलेको छ । सर्लाहीको बलरामा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको हो । बलरा नगरपालिका वडा नंं ९ अचलगढमा वडा अधिवेशनको छलफलको क्रममा मन्त्री सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद चुलिएको थियो

प्रदेश २ का महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका हुन् । विवादका कारण बलराको २ वटा वडाको अधिवेशन रोकिएको छ ।

। जारी विवादकै क्रममा मन्त्रीका अंगरक्षकले हवाई फायर खोलेका थिए ।

सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले मन्त्रीको पिएसओबाट हवाई फायर भएको बताए । अहिले अवस्था सामान्य रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया





Top