रौतहटको प्रेमपुरमा गए राती धानको टालमा आगलागी

मधेशपाटी अनलाइन     २०७८ मंसिर १३, सोमबार ०९:३७ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर १३ गते रौतहट ।

रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. गोनाही–७ प्रेमपुरमा गए राती धानको टालमा आगलागी भएको छ ।
स्थानिय सुरेन्द्र राय यादव भनिने बुधाई रायको करिब तिन बिगहा खेतबाट काटेर खल्हिानीमा राखीएको धानको टालमा अज्ञात ब्यक्तीले आगजनी गरेको पिडित परिवारले बताएका छन । राती करिब ढेड दुई बजेको समयमा धानको टालमा आगलागी हुदा कम्तिमा २ लाख ५० हजार भन्दा बढीको क्षति भएको यादवले जानकारी दिए ।आगलागी देखेर स्थानियले नजिकै रहेको ईलका प्रहरी कार्यलयलाई खबर गरेका थिए ।
नजिकै प्रहरी र स्थानिय संग आगो नियन्त्रणमा नहुदा गौरबाट आएका बरुननियन्त्रणका दमकले आगो बुझाएका स्थानिय संचारकर्मी रामानन्द साहले जानकारी दिनु भयो ।
आगजनीको बिषयमा थप अनुसन्धान भई रहेको ईलका प्रहरी कार्यलय देवाही गोनाहीले जनाएको छ ।

प्रतिक्रिया





Top