दलित समुदायबाट प्रतिनिधित्व गर्ने पहिलो सर्लाही आईडलमा विश्वकर्मा बिजेता

मधेशपाटी अनलाइन     २०७८ मंसिर १४, मंगलवार ०७:४४ बजे मा प्रकासित


रागनी पण्डित,सर्लाही । विज्ञापन सेवा समिति(विसेस) ले आयोजना गरेको पहिलो सर्लाही आईडल नोबेल पुरस्कार २०७८को उपाधि नथुनी विश्वकर्माले जितेका छन ।

आइतवार अबेर राती सदरमुकाम मलंगवा स्थित कुसुम पार्र्टी प्यालेसमा आयोजना गरिएको आइडलको फाइनल चरणमा उत्कृष्ट १२ प्रतिस्पर्धीलाई उछिन्दै विश्वकर्मा पहिलो आइडल बनेका हुन् । विश्वकर्मालाई ५१ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यसै गरी सुवैना सिंह दोस्रो स्थान प्राप्त गरेका छन् । सिंहलाई ३१ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको छ भने तेश्रो स्थानमा रहेका अमरनाथ यादवलाई २१ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको निर्णायक संतोष कर्ण र मंजुर अली रहेको विसेसका अध्यक्ष बख्तियार अलीले जानकारी दिए । ‘सर्लाहीको सान सर्लाहीको मान’ भन्ने नाराका साथ प्रदेश २ मै पहिलो पटक आयोजना भएको प्रतियोगिताको फाइनलमा सर्लाही जिल्लाका २० वटै पालिकाहरुबाट छनौट भएर आएका १३ जना स्थानीय स्तरका नवप्रतिभाहरुबीच नेपाली , मैथिली , भोजपुरी, र हिन्दी गीतमा प्रतिस्पर्धा गराइएको थियो ।

कार्यक्रममा २० वटा पालिकाबाट अतिथिको रुपमा आमन्त्रित गरिएका प्रमुख ,उपप्रमुख , समाजसेवीहरुले गरेको मतदानको आधारमा विजेताको घोषणा गरिएको अध्यक्ष अलीले बताए ।

प्रतिक्रिया





Top