एमाले महाधिवेशनमा अध्यक्ष ओलीको दाबि कायमै

मधेशपाटी अनलाइन     २०७८ मंसिर १४, मंगलवार १४:३१ बजे मा प्रकासित



मधेश पाटी,जनकपुरधाम । नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्मको मत गणनामा अध्यक्षमा केपी शर्मा ओली अगाडि छन् ।

 

ताजा मत परिणामअनुसार ओलीले ४०० मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी भीम रावलले भने ४२ मत प्राप्त गरेका छन् ।

केहीबेर अघिबाट सुरु भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ ।

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ ।

प्रतिक्रिया





Top