रौतहटको गौरबाट लागूऔषध सहित दुई जनालाई पक्राउ

मधेशपाटी अनलाइन     २०७८ मंसिर १४, मंगलवार १८:४५ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, मंसिर १४ गते रौतहट ।

रौतहटबाट लागूऔषध सहित दुई जनालाई पक्राउ परेकोे छ ।
रौतहटको सदरमुकाम गौरमा रहेको अनिल मिट हाउसबाट दुई जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ
सोमबार दिउँसोे गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी टोलीले अनिल मिट हाउस भित्र खाजा खादैँ गरेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी प्रवक्ता एवं एसपी बिनोद घिमिरेले बताएका छन्।
पर्नेमा जिल्लाको गौर नगरपालिका १ टिकुलियाका २४ वर्षीय टिन्कु कुमार सिंह र सोही स्थानका १९ वर्षीय रोशन कुमार सहनी रहेको एसपी घिमिरेले जानकारी दिनु भयो
उनीहरुको साथबाट २०० पत्तामा तिन हजार पिस लागुऔषध नाईट्रोभेट र बि आर ०५ ए एल ४०६९ नम्बरको मोटरसाईकल समेत बरामद भएको एसपी घिमिरेले बताए ।
पक्राउ परेका दुवै जना माथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानएको छ

प्रतिक्रिया





Top