महोत्तरी: १३ वर्षीय एक बालक लागूऔषधसहित पक्राउ

मधेशपाटी अनलाइन     २०७८ मंसिर १५, बुधबार ०९:५५ बजे मा प्रकासित



जनकपुरधाम । महोत्तरीको औरही नगरपालिका ४ कठुधारबाट लागूऔषधसहित बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका ६ बस्ने १३ वर्षीय शनी नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ ।

जिल्लाको भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्बरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए । उनका अनुसार बालको साथबाट ४ पत्ता नाइट्रोभेट (६० पिस) र २ पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) टेबलेट बरामद भएको छ ।

 

अस्थायी प्रहरी पोष्ट कठ्ठुधारबाट खटिएको प्रहरीले शंकाको आधारमा उनलाई जाँच गरेको प्रहरीले जनाएको छ । उनी अहिले प्रहरीकै नियन्त्रणमा रहेको र थप अनुसन्धान जारी रहेको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया





Top