मिथिलाञचल क्षेत्रमा आज देखि विधिवत रुपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव शुरु

मधेशपाटी अनलाइन     २०७८ मंसिर १७, शुक्रबार १९:१४ बजे मा प्रकासित


 मंसिर १७ गते, जनकपुरधाम 

मिथिलाञचल क्षेत्रमा आज देखि विधिवत रुपमा सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमी महोत्सव शुरु भएको छ । विवाहपञ्चमीको पहिलो दिन शुक्रवार जानकी मन्दिरको प्राङ्गनमा जनकपुर नगरदर्शन गरिएको हो । यस विधिको लागि मन्दिरको प्राङ्गन भरिभराउ भएको हो ।

विवाहपञ्चमी महोत्सवको लागि नेपालको विभिन्न जिल्ला सहित भारतबाट समेत श्रद्धालुहरु आउन थालेका छन् । र आउने क्रम जारी रहेको छ ।
मिथिला नरेश राजा जनकको छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी महोत्सव मनाइने गरिन्छ ।

भगवान राम र लक्ष्मण पहिलो पटक प्राचिन मिथिलाको राजधानी जनकपुरधामको भ्रमण गरेको स्मरणमा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन नगरदर्शन विधि गरिन्छ ।

नगरदर्शन विधिमा राम लक्ष्मणको प्रतिकको रुपमा रहेको दुई बालकलाई नगरदर्शन गराइएको थियो ।

प्रतिक्रिया





Top