सांकेतिक तस्वीर
काठमाडौं । हाम्रो नेपालमा ट्रफिक नियम पालनामा कडाइ छैन । उल्लंघनकर्तालाई सजाय पनि ठूलो छैन । त्यसले लापरबाही र दुर्घटना बढ्दै गएका छन् । खेलाँचीकर्तालाई कतारको नयाँ नियम पाठ हुन सक्छ । कतार सरकारको मिनिस्ट्री अफ इन्टोरियरअन्गर्तत ट्राफिक डिपार्टमेन्टले हालै नयाँ नियम जारी गरेको छ ।
त्यसमा जरिवाना र सजायका दर निकै बढाइएको छ । यहाँसम्म कि रातो बक्तीमा अघि बढेमा १० हजार रियाल अर्थात् ३ लाख ३० हजार रुपैयाँ जरिवाना र एक महिना जेल सजाय हुनेछ । पहिला ५ हजार रियाल जरिवाना थियो । जेल थिएन । त्यस्तै, गलत साइडबाट ओभरटेक गरेमा ५ हजार रियाल अर्थात् एक लाख ६५ हजार रुपौयाँ जरिवाना र एक महिना सजाय हुनेछ ।
कतारमा द्ध लाखभन्दा बढी संख्यामा नेपाली छन् । यो नियमले उनीहरु पनि बाँधिने छन् । बतारमा लामो समय बसेर फर्किइका विनोद भट्टराई संशोधित नियम केही मात्रामा कडा जस्तो लागे पनि यसले दुर्घटना घटाउने ठान्छन्
प्रतिक्रिया