पाँच वर्षमा १३ हजार बलात्कारका घटना

मधेशपाटी अनलाइन     २०७८ मंसिर १८, शनिबार ०७:३२ बजे मा प्रकासित


काठमाडौं । महिलामाथि हुने जघन्य अपराधका घटना हरेक वर्ष बढिरहेका छन् । घरभित्रै पनि महिला असुरक्षित बनिरहेको तथ्यले झन डरलाग्दो चित्र देखाउँछ । पछिल्ला पाचँ वर्षमा महिला हिंसाका १८ हजार चार सय २३ घटना प्रहरीमा दताए भएका छन् । त्यसमध्ये बलात्कारका उजुरी मात्रै १३ हजार १७ छन्, जुन समग्र उजुरीको ७०.६५ प्रतिशत हो ।

०७३र ७४ देखि ०७७र०८ सम्म जबैजस्ती करणीतर्फ नौ हजार पाँच सय ३० र जबरजस्ती करणी उद्योगतार्फ तीन हजार चार सय ८७ उजुरी दर्ता भएको प्रहरी तथ्यांक छ । प्रहरीअनुसार दैनिक औसत ६ महिला तथा बालिका बलात्कृत हुने गरेका छन् ।

तर, बलात्कारजस्तो जघन्य अपराधका घटनामा संलग्नलाई समेत सहजै कारबाही हुँदैन, न्याय माग्न आन्दोलनमा उत्रिनुपर्ने अवस्था छ । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि परिवार, स्थानीय र अधिकारकर्मीले लामो आन्दोलन गरे । तर, प्रहरीले अझै दोषी पक्ता लगाउन सकेको छैन ।नयाँ पत्रिका

प्रतिक्रिया





Top