विवाहपञ्चमीकाे दोस्रो दिन आज फुलवारि लिला सुरु

न्यूज डेस्क     २०७८ मंसिर १८, शनिबार १४:४९ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव आजदेखि सुरु हुँदैछ । त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाहपञ्चमी महोत्सव मनाउने गरिएको छ ।

साताव्यापी विवाहपञ्चमी महोत्सवका लागि जानकी मन्दिर दुलही झैं सिंगारिएको छ ।

विवाहपञ्चमी महोत्सव मंगलबारदेखि नगर दर्शनबाट सुरु हुनेछ । आज दोस्रो दिन फूलवारी लिला हुदैछ र तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठो दिन स्वयम्बर एवं विवाह र सातौँ दिन राम कलेवा विधिसँगै महोत्सव सम्पन्न हुनेछ । विवाहपञ्चमी महोत्सवको सबैभन्दा ठूलो आकर्षण भारतको अयोध्याबाट आउने जन्तीलाई स्वागत गर्न विशेष तयारी गरिएको छ ।

विवाहपञ्चमी महोत्सव अवलोकन गर्न प्रत्येक वर्ष नेपालको विभिन्न भाग तथा छिमेक देश भारतबाट लाखौंको संख्यामा श्रद्धालुभक्तजन जनकपुर आउने गर्दछन् ।

गत बर्षको तुलनामा यसपटक जनकपुर आउने श्रद्धालु भक्तजनको संख्या हजारौं बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया





Top