राधेश्याम कुशवाहा, १७ मंसिर सर्लाही । स्वास्थ कार्यलय सर्लाहीले जिल्लामा ४ दिने निशुल्क एकीकृत बृहत परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सन्चालनमा गरेको छ । नेपाल परिवार नियोजन संघको आर्थिक सहयोगमा परिवार योजना तथा प्रजनन कार्यक्रम अन्तर्गत जिल्ला विभिन्न १५ वटा ठाउँबाट उक्त शिविर सन्चालन गरेको छ ।
सर्लाही अस्पताल मंलगवाका कार्यलयका प्रमुख नवलकिशोर झा को अध्यक्षता र मंलगवा नगरपालिकाको मेयर निरसल साहको प्रमुख अतिथ्यतामा शिविरको उदघाटन सम्पन्न भएको छ ।जिल्लामा विगत तीन सालदेखी परिवार नियोजन स्थायी बन्ध्याकरण शिविर सन्चालनमा नआउदा सेवा लिने महिलाहरूलाई समस्या हुँदै आएको थियो । उहाँहरुको समस्याको मध्यनजर गर्दै ४ दिने शिविर सन्चालनमा ल्याएको डा. नवलकिशोर झा ले बताउनुभयो ।
शिविरमा मिनिल्याप र भ्याक्सेटोमी शल्यक्रिया, पाठेघरको मुखको क्यान्सर स्क्यालिङ, महिलाहरूको पाठेघर खस्ने अथवा आङ खस्नेको उपचार र रिङ्ग राख्ने व्यवस्थाको साथै शल्यक्रिया गर्नुपर्ने महिलाको नामावली सङ्कलन गरेर अगामी दिनमा शल्यक्रिया गर्ने योजना समेत बनाईने बताए ।
यस अघि बसबरिया गाउँपालिकाको धनगडा र गोडैता नगरपालिकाको सिसौटिया शिविरबाट ३ सय ५ महिलाहरूले सेवा लिईसकेका छन । चारदिने शिविरबाट १८ सय भन्दा बढी महिलाहरु सेवा लिने लक्ष्य रहेको स्वास्थ कार्यलय सर्लाहीले जनाएको छ ।
उक्त शिविरबाट अधारभूत स्वास्थ सेवाबाट समेत बन्चित रहेका सर्लाहीका गरिब दलित तथा अतिविपन्न परिवारका महिलाहरु लाभान्वित हुने अपेक्षा गरिएको छ । दिगो विकासको लक्ष्यले परिवार नियोजनको साधनको प्रयोगदर ६० भन्दा माथि पुग्नुपर्छ भनेपनि सर्लाहीमा ५३ प्रतिशत मात्र रहेको छ ।
प्रतिक्रिया