जनकपुरमा रहेको नीजि तथा समुदायिक स्कूल, कलेजहरु ३ दिन बन्द गर्न पत्राचार

मधेशपाटी अनलाइन     २०७८ मंसिर २०, सोमबार ०५:५५ बजे मा प्रकासित


जनकपुरधाम । जनकपुरधामस्थित रहेको नीजि तथा समुदायिक विद्यालयहरु बन्द गर्न सूचना जारी गरिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै मँसिर २१ गतेदेखि मँसिर २३ गतेसम्म ३ दिन समुदायिक तथा सँस्थागत विद्यालयहरु बन्द गर्न पत्राचार गरेको हो ।

जनकपुरधाममा धुमधामको साथ मनाइने विवाहपँचमी महोत्सवलाई मध्यनजर गरी तीनदिनको लागि विद्यालयहरु बन्द गरी सहयोग गर्न उपमहानगरपालिकाले सूचना जारी गरेको छ ।

आईतबार उपमहानगरपालिकाले जारी गरेको सूचनामा विवाहपँचमीको अवसर पारेर विवाहपँचमीको एक दिनअघि देखि नै जनकपुरधाममा अधिक भीडभाड हुने भएकोले एकदिन पछिसम्म पनि सोही भिडभाड हुने भएकोले तीनदिन कम्तीमा विद्यालय बन्द गर्न आव्हान गरेको हो ।

 

भारत सहित अन्य विभिन्न ठाउँबाट आउने लाखौँको सँख्यामा श्रद्धालुहरुलाई मध्यनजर गरी उनीहरुलाई सहयोग गर्न अनुरोध गरिएको छ ।

विवाहपँचमी महोत्सव आगामी मँसिर २२ गते हुने भएको छ । सप्ताहव्यापी रुपमा मनाइने विवाहपँचमी महोत्सवको स्वयँवर लीला मँसिर २२ गते हुने भएकोले त्यसको एक दिन अघि र एक दिनपछि अधिक भीडभाड हुने भएकोले तीनदिनसम्म विद्यालय, कलेजहरु बन्द गर्न सूचना जारी गरिएको हो ।

प्रतिक्रिया





Top