जनकपुरधाम । धनुषाको औरही गाउँपालिकामा प्रधानाध्यापकलाई सरुवा गरेको विरोधमा विद्यार्थीले प्रदर्शन गरेका छन् ।
अौरही गाउँपालिका वाडा न. १ झिटकहिया श्री राम जानकी माध्यमिक बिद्यालयका प्रधानाध्यापक मदन महरालाई सरुवा गरेको विरोधमा विद्यार्थीहरुले आइतबार बिहान नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । अौरही गाउँपालिका अध्यक्ष ब्रम्हदेव यादवले शिक्षामा राजनीति गर्न खोजेको आरोप लगाउँदै सरुवा गर्ने कार्य तत्काल रोक्नुपर्ने माग उनीहरुले गरेका छन ।
प्रधानाध्यापक महराले विद्यालयमा शैक्षिक वातावरण कायम गरेपनि धनुषाधाम नगरपालिकाको किसानपुर मा.वि.मा सरुवा गरेपछि विद्यार्थी विरोधमा उत्रेका हुन् । विद्यालयमा व्यवस्थापन समिति गठन गर्न असहज भएकोले प्रधानाध्यापक महरालाई सरुवा गरेर किसानपुरका प्रधानाध्यापक मनोज ठाकुरलाई ल्याउन खोजेको विद्यार्थीहरुले आरोप लगाएका छन ।
विद्यार्थीहरु विरोधमा उत्रेपछि गाउँपालिकाले वार्ताको माध्यमबाट समस्या समाधान गर्न आव्हान गरेको छ । अौरही गाउँपालिका अध्यक्ष यादवको उपस्थितिमा सोमबार बिहान दुवै पक्षबीच छलफल हुने एक जना विद्यार्थीले बताए ।
प्रतिक्रिया