मनिराम बाबा कुट्टी भवनको शिलान्यास: नगर प्रमुख मण्डल

मधेशपाटी अनलाइन     २०७८ मंसिर २०, सोमबार ०६:२० बजे मा प्रकासित



जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले आज मनिराम बाबा कुट्टी भवनको शिलान्यास गरेका छन् ।

मणिराम बाबाको स्मृतिमा हनुमान मन्दिर परिसरमा मणिराम बाबा कुट्टी भवन मटिहानी न.पा.को नगरस्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको नगर प्रमखु मण्डलले जनाए ।

११ लाख ८४ हजारको लागतमा निर्माण हुन लागेको यस कुट्टी भवनलाई समय निर्माण सम्पन्न हुने बताइएको छ।

शिलान्यास कार्यक्रममा पुर्व गा.वि.स.अध्यक्ष राम कुमार मण्डल, ७ नम्बर वडा कार्यालयको वडाध्यक्ष जितनारायण माझी, मटिहानी न.पा.को प्रमुख प्रशासकिय अधिकृत सन्तोष कुमार शर्मा, योजना अधिकृत राजेश कुमार शर्मा, इन्जिनियर विमलेश साह, पार्टी प्रतिनिधि नागेन्द्रलाल कर्ण, जुगेश्वर खत्वे लगायत विभिन्न बुद्धिजिविहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया





Top