मधेश पाटी, जनकपुरधाम । सशस्त्र प्रहरीको मिलेमतोमा भिस्वा नाका बाट व्यापक तस्करी भइरहेको छ। यस अगाडि पनि भिस्वा बिओपिबाट १ सालमा दुई वटा इन्स्पेक्टर तस्करी काण्डमा नै मुछिएर तानिए पछि अहिले तेस्रो इन्स्पेक्टर पर्सा जिल्लाको वीरगंजमा नै घर रहेका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह लाई पठाइएपछि झन तस्करीमा वृध्दि आएको छ ।
पहिला साह नेपाल प्रहरीमा हुँदा भिस्वा चौकी बसेर गएका हुँदा उनलाई त्यहाको तस्करीको बारेमा सब कुरो थाहा रहेको र उनी धेरै दिन देखि पर्साको १३ नः गणमा नै बसेको र उनको पर्सामा नै घर भएका करण उनको तस्कर सँग राम्रो उठबस चिनजान रहेको छ।
सशस्त्र प्रहरी बिओपि भिस्वा बन्जारीका इन्स्पेक्टर राजेश्वर साहसँगको सेटिङ मिलाएर दैनिक लाखौँ मूल्य बराबरको सुपारी, मटर (केराउ), मरीच, युनिलिभरको फेयर एण्ड लब्ली, क्लोजअप पेस्ट जस्ता कष्टमेटिक सामान ,पेट्रोल, नेपाली रक्सीको तस्करी भइरहेको छ ।
भिस्वा नाका बाट तस्करी भइरहेको बारेमा विभिन्न संचारमाध्यम प्रकाशन गर्दै आइरहेको र भिस्वा बिओपि बाट पटक पटक तस्करी काण्डमा मुछिएर इन्चार्ज ताने पनि भिस्वा नाका बाट किन रुकदैन तस्करी? यस्ता गतिविधि तर्फ समबन्धित निकायको समयमै ध्यान जान अती आवशयक देखिएको छ।
प्रतिक्रिया