कुम्भकार जातिको मन्दिर उद्घाटन, रामनाम अष्टजाम (किर्तन) जारी

न्यूज डेस्क     २०७८ मंसिर २२, बुधबार ०९:१७ बजे मा प्रकासित


जनकपुरधाम । कुम्भकार (पण्डित)समुदायको विवाह पन्चमी महाेत्तसवको अवसरमा कुम्भकार जातिको श्री कुम्भकार जातीय कुटी मन्दिरको मंगलबार उद्घाटन भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ तिरहुतिया गाछी स्थित कुम्भकार मन्दिर निर्मितको अध्यक्ष पल्टु पण्डित प्रमुख अतिथि उधाेग वन तथा पर्यटन मन्त्री माननीय श्री सत्रुधन महताे र मन्दिर सचिव सदस्य बुद्धिजीवी राेहवरमा उद्घाटन गर्नु भएको थियो ।

मन्दिरको उद्घाटन गर्दै उधाेग वन तथा पर्यटन मन्त्री माननीय श्री सत्रुधन महताेले भन्नु भयो, धार्मिकस्थल मन्दिर रहेका सबै जात÷जातिहरुको जातिय संस्कार संस्कृतिहरुको संरक्षण र सम्वद्धन गर्न सक्दो सहयोग गर्दै आईरहेका छौ । उद्घाटन कार्यक्रममा फुल माला लगाएर दिप प्रज्वलन गरि रामनाम संस्कृत अष्टजाकाे उद्घाटन गरिएकाे थियो । एवं सबैलाई समानरुपमा अधिकार प्रदान गर्दै आएका छौ कसैलाई काखा कसैलाई पाखा गरेका छौनौ हामी सबै नेपाली हो नेपाली भएको हैसियतले सबैको सुख दुख बुझ्दै अगाडी बढेका छौ ।”

त्यसैगरी मन्दिर अध्यक्षले भने भगवान् सीताराम विवाह पञ्चमी महोत्सव अवसरमा जातीय लगायत सबै नगरबासीमा शुभकामना व्यक्त गर्नु भएको छ । कार्यक्रममा नेपाल प्रजापति कुम्भकार संघको केन्द्रिय सह अध्यक्ष श्री डा . रामसागर पण्डित लगायत सदस्य विभिन्न सवजातीय कार्यक्षेत्रमा रहेका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।

आफ्नो जातिय मन्दिरको स्थापना भएपछि पण्डितले समुदायहरु निकै उत्साहित भएका छन् भने अब देखि नियमित पुजापाठ गरिने मन्दिर पुजारी महन्त दासले जानकारी दिनु भयो । जनकपुरधाम पर्यटकिय स्थलको रुपमा चिनिने र निकै धार्मिक स्थलमा प्रसिद्ध रहेको छ ।

प्रतिक्रिया





Top