मेयर बरबरिया माओवादी केन्द्रको स्थानीय विभागमा चयन

मधेशपाटी अनलाइन     २०७८ मंसिर २२, बुधबार १८:२८ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको स्थानीय तह विभाग सदस्यमा उदय कुमार बरबरिया मनोनति भएका छन् ।

धनुषाको शहिदनगर नगरपालिकाका मेयर समेत रहेका माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रदेश कमिटि सदस्य बरबरियालाई स्थानीय तहको सदस्यमा मनोनित गरिएको हो ।

नगर प्रमुखमा माओवादीबाट विजयी भएका बरबरिया केही दिनमै प्रदेश कमिटिको सदस्यमा चयन गरिए । उनी धनुषाबाट प्रदेश कमिटिमा चयन भएको केही महिनापछि स्थानीय तहको सदस्यमा पनि मनोनित हुन सफल भएका छन् ।

माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार स्थानीय तह विभाग सदस्यमा बरबरियालाई मनोनीत गरिएको छ । बुधबार जारी गरिएको स्थानीय तहको पदाधिकारीहरुको नामावलीमा धनुषाबाट बरबरियालाई मनोनित गरिएको हो ।

माओवादी केन्द्र पार्टीको स्थानीय तह सदस्यमा मनोनित भएपछि उनलाई विभिन्न तह तप्काबाट बधाई ज्ञापन गरिएको छ । उनका शुभचिन्तकहरुले उनलाई फेसबुक, एसएमएस, फोन मार्फत बधाई दिने क्रम जारी रहेको छ ।

प्रतिक्रिया





Top