जनकपुर : विवाहपञ्चमीमा ४७ पाकेटमार पक्राउ, अधिकांश महिला

न्यूज डेस्क     २०७८ मंसिर २३, बिहीबार ०८:०६ बजे मा प्रकासित


जनकपुरधाम । विवाहपञ्चमी महोत्सवमा आएका दर्शनार्थीको भीडभाडको मौकाछोपी पकेटमारी गर्ने ४७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले भीड–भाडमा बगली मारेको आशंकामा ४७ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका मध्ये २७ जना महिला रहेका छन । अधिकांश बगलीमारा भारतीय नागरिक रहेका छन् । सामान्य भेषभूषामा देखिने उनीहरुले भीड–भाड हुने स्थान जानकी मन्दिर, बारहबिघा मैदानबाट शंकाको आधारमा पक्राउ गरिएको हो ।

सीताराम विवाह महोत्सव पछि अनुसन्धान गरेर पक्राउ परेकाहरुलाई छाडिने जनाइएको छ । यस अवसरमा प्रत्येक वर्ष बगलीमाराहरुको पक्राउ पर्ने गरेका छन् ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको छ ।

प्रतिक्रिया





Top