बेवारिसे अवस्थामा एक नावालक फेला

न्यूज डेस्क     २०७८ मंसिर २३, बिहीबार ०९:०१ बजे मा प्रकासित


सिरहा । सिरहा जिल्लाकाे जिरोमाईल स्थित सुखीपुर अन्तर्गत जयपुर नजिक सडक छेउमा बुधबार साँझ बेवारिसे अवस्थामा एक नावालक भेटिएकोे छ ।

वेवारिसे अवस्थामा फालिएको उक्त वच्चा सडक छेउमा रोइरहेको सुनेपछि बजार भर्न गएका स्थानीय सतरुधन महतोले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । नावालक पाँच दिन अघि कुनै अस्पतालमा जन्म भएको हुन सक्ने प्रत्यक्षदर्शीले आँकलन गरिएको छ ।

इलाका प्रहरी कार्यालय धनगढीले बच्चालाई लहान अस्पताललाई जिम्मा लगाएको छ । बच्चा कसको र कसले फालेको हो सोको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धनगढीले जानकारी दिएको हाे ।

प्रतिक्रिया





Top