सयौ नेता कार्यकर्ता जनता समाजवादीमा प्रवेश

न्यूज डेस्क     २०७८ मंसिर २३, बिहीबार ०९:२७ बजे मा प्रकासित


जनकपुरधाम। महोत्तरीद्वारा लोहारपट्टीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सयौ कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

जनतान्त्रिक तराई मुक्ती मोर्चा पार्टीकि केन्द्रिय सदस्य तथा प्रदेश नम्बर २ कै चर्चित महिला अधिकारकर्मी सामजिक अभियन्ता सबिता यादव सहित सयौ नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन।

जसपा नेपालको पार्टी प्रवेश कार्यक्रममा प्रमुख आतिथ्य गरिरहेका जसपा नेपालको केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव ज्युको उपस्थितिमा महिला अधिकारकर्मी सबिता यादब प्रवेश भएकी हुन।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै महिला अधिकारकर्मी यादवले जसपा नेपाल पार्टीको सिधाान्त र कार्यहरुको बारेमा निकैअध्यन गरेपछि जसपाकै माध्यमबाट मधेश र मधेशिले आधिकार प्राप्त गर्न सकिन्छ भन्ने निष्कर्षमा पुगेर आफू चाहिँ सधै मधेश रमधेशको हितमा कार्य गर्दै आइरहेको हुनाले जसपा नेपाल पार्टी वाहेक अरु विकल्प नपाइएको हुनाले जसपा नै रोज्नुपरेको बताएकाे छ ।

प्रतिक्रिया





Top