जनकपुरधाम । विवाह पञ्चमी महोत्सव हेरेर जनकपुरबाट घर फर्किने क्रममा महोत्तरीको लोहारपट्टी नगरपालिका वडा नं २ स्थित विग्ही पुलमा एक पुरूषमाथि छुरा प्रहार भएको छ ।
छुरा प्रहारबाट महोत्तरीको रामगोपालपुर नगरपालिका ९ गोठबनौलीका ३० वर्षिय बलराम राय घाइते भएका हुन् । बुधवार राति रायमाथि अज्ञात ब्यक्तिले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
छुरा प्रहारबाट गम्भीर घाइते यादवको उपचारको लागि तत्कालै जनकपुरस्थित जानकी हेल्थ केयर ल्याएको थियो । तर अबस्था गम्भीर रहेकाले थप उपचारको लागि उनलाई काठमाडौं लगिएको छ ।
पेटमा छुरा लागेका रायको उपचार अहिले काठमाडौंको टिचिङ अस्पतालमा भइरहेको छ । हाल उनको अवस्था गम्भीर रहेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) दिनेश आचार्यले बताए ।
रायमाथि कसले र किन छुरा प्रहार गरेको विषयमा केहि खुल्न सकेका छैन । घाइते राय समेत अहिले केहि बोल्ने अबस्थामा छैन् । प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया