मधेश पाटी, जनकपुरधाम । बलात्कार आरोपमा एक गाउँपालिका प्रमुख करिब ९ महिनापछि थुनाबाट रिहा भएका छन् ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव आईतबार थुनाबाट रिहा भएका छन् । केही महिना अघि उनलाई बलात्कार प्रकरणमा प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
सुनसरी जिल्लास्थित भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवलाई सो प्रकरणमा सुनसरी जिल्ला अदालतले आईतबार सफाई दिएको छ ।
सुनसरी जिल्ला अदालतका ६ नम्बर न्यायधिश टिकेन्द्र दाहालको इजलासले ढिलै भएपनि यादवलाई सफाई दिएको हो ।
आईतबार छैठौ पटकको पेशीमा दाहालको इजलासले भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष यादवलाई सफाई दिएको छ । सफाई पाएसगैं यादव गाउँपालिकाको अध्यक्ष पदसगैं अर्को निर्वाचनमा पनि लड्न पाउने भएका छन् ।
सुनसरी जिल्ला अदालतले अध्यक्ष यादवलाई सफाई दिएको भोक्राहा नरसिंह गाउँपालिकाका कानुनी सल्लाहकार पन्चदेव मेहताले जानकारी दिए ।
अदालतले जेठ २ गते जबरजस्ती करणी महलमा इलाका प्रहरी कार्यालय धरानको दावी बमोजिम मुद्धा दर्ता गरेको थियो । यादवलाई खाजा खान गएको बेला प्रहरीले बैसाख ८ गते गिरफ्तार गरी बालिका ब लात्ककारको आरोप लगाएको थियो ।
तर अदालतमा २०७८ जेठ ३ मुद्दा फाँट–६ को न्यायधिश टिकेन्द्र दाहालको आदेशमा मुद्धा किनारा नलागेसम्म पुर्पक्षको लागि थुनामा राख्ने आदेश दिएको थियो ।
त्यसपछि २०७८ असोज १२ गते स्वास्थ्य परीक्षण प्रतिवेदन झिकाउने काम, २०७८ कार्तिक २८ गते बहस नोट पेश गर्न लगाउने सहित छ वटा पेशी तोकेको थियो ।
त्यसमा अन्तिम फैसला गर्दै आईतबार यादवलाई सफाई दिएको अदालतले जनाएको छ । उता गाउँपालिका अध्यक्ष यादव रिहाइ भएपछि क्षेत्रिय कारागार झुम्कामा स्वागत गर्ने भिड लागेको थियो ।
पालिका अध्यक्ष यादव स्वच्छ छविको भएपनि उनलाई सड्यन्त्रपुर्वक फँसाउनको लागि एक वर्षअघि देखी नै केही विपक्षीहरुले षडयन्त्र
प्रतिक्रिया