पर्सामा लागुऔषध सहित एकजना वृद्ध पक्राउ

न्यूज डेस्क     २०७८ मंसिर २७, सोमबार १३:२० बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर २७ गते रौतहट ।

पर्सामा लागुऔषध सहित एकजना वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको विहार राज्य जिल्ला मोतिहारी थाना रक्सौल वडा नं.११ मारवाडीटोलका ८० वर्षीय वृद्ध विजय कुमार कपुर रहेका छन् ।

आइतबार विहान वीरगञ्ज महानगरपालिका वडा नं.२१ स्थित प्रहरी चौकी परवानीपुरबाट खटिएको चेकिङ टोलीले कपुरलाई पक्राउ गरेको हो ।

चेकजाँचका क्रममा खैरो रंगको ब्ल्याङकेटको झोलाभित्र लुकाएर ल्याएको लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

प्रहरीले उनको साथबाट नुफ्रिन, डाइजीपाम र प्रोमिफाइजाम हाइड्रोक्लोराइड ५/५ सय एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद गरेको जनाएको छ ।

प्रतिक्रिया





Top