धनुषा: नगराइनकाे सिक्सलेनमा मोबाइल बम फेला

मधेशपाटी अनलाइन     २०७८ मंसिर २७, सोमबार २०:०३ बजे मा प्रकासित


जनकपुरधाम । धनुषाको नगराइन नगरपालिकामा मोबाइल बम फेला परेको छ ।

 

धनुषा जिल्लाको नगराइन नगरपालिका वडा नम्बर ५ गंगुलीस्थित सिक्सलेन सडकखण्डको धानखेतमा सोमबार दिउँसो बम फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले नेपाली सेनाको टोलीले बम निष्क्रिय बनाएको बताए ।

बम कसले कुन प्रयोजनले राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको डीएसपी बस्नेतले जानकारी दिए । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया





Top