सोनलले खरिद गरेको बसको फाइल अख्तियारमा

न्यूज डेस्क     २०७८ मंसिर २८, मंगलवार १०:३० बजे मा प्रकासित


जनकपुरधाम, मंसिर २८ गते
प्रदेश २ सरकारको तत्कालिन भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनलले प्रदेश परिवहन संचालन गर्ने भनि खरिद गरेको पाँचवटा बसको फाइलमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

बस खरिद तथा संचालनको कार्यविधि विना नै खरिद गरिएको बसमा व्यापक अनियमितताको आशंका गर्दै अख्तियारले अनुसन्धान थालेको हो । कार्यविधि विना खरिद गरिएको बस अहिले पनि मधेश भवन परिसरमा थन्किएको छ, भने बसको अधिकांश पार्टपूर्जा काम नलाग्ने भैसकेको छ । बसको मात्र नभई सोनल मन्त्री हुँदा गरेको विभिन्न काम सम्बन्धि २७ वटा फाइलमा अहिले अख्तियारले अनुसन्धान थालेको छ ।

उक्त विषयमा अख्तियारले कयौ पटक पूर्वमन्त्री सोनलसंग बयान लिई सकेको अख्तियार स्रोतले जनाएको छ । मिडियामा पटक पटक फूर्ति लगाउने सोनल आफै भ्रष्टाचारको मुद्दा तारेक बोकी रहेका छन ।
तत्कालिन राष्ट्रिय जनता पार्टी संसदीय दलको नेताको हैसियतमा भौतिक पूर्वाधार मन्त्रालय सम्हालेका सोनल हाल लोकतान्त्रिक समाजवादी पार्टीका संसदीय दल नेता एवं प्रदेश अध्यक्ष समेत छन ।

प्रतिक्रिया





Top