महोत्तरीबाट गए राति धनमालसहित ६ लाखको चोरी

न्यूज डेस्क     २०७८ मंसिर २८, मंगलवार १३:०४ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, मंसिर २८ गते रौतहट ।

महोत्तरीको लोहारपट्टी नगरपालिका–८ का मनिष ठाकुरको घरबाट गए राति नगद र सुनका गरगहना गरी ६ लाख बढीको चोरी भएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार चोरले घरमा कोही नभएको बेला मूलढोका, भित्रीढोका र दराजको ताल्चा फुटाई सुनका बाला, मङ्गलसूत्र, तिलहरीलगायत गरी रु छ लाख १७ हजार बराबरको धनमाल चोरेका छन् ।

चोरी भएको जानकारी पाउनासाथ प्रहरी चौकी भ्रमरपुरा र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त प्रहरी टोलीले चोरी गर्नेहरूको खोजी गरिरहेको छ ।

महोत्तरीमा विगत दुई-तीन महिनादेखि चोरीको घटनामा निकै वृद्धि भएको छ ।

प्रतिक्रिया





Top