काठमाडौं । प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री हृदयेश त्रिपाठीले ‘जनता प्रगतिशील पार्टी’ नामक राजनीतिक दल घोषणा गरेका छन् ।
मंगलबार काठमाडौंको नयाँबानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित एक कार्यक्रमबीच त्रिपाठीको नेतृत्वमा जनता प्रगतिशील पार्टी (जप्रपा) घोषणा गरिएको छ ।
जप्रपामा अन्य पदाधिकारीहरु घोषणा गरिएको छैन । संयोजकको रुपमा त्रिपाठी रहेका छन् । अन्य पदाधिकारी वा कार्यसमिति पछि घोषणा गरिने त्रिपाठीले बताएका छन् । कार्यसमितिबारे आन्तरिक छलफल भइरहेकोसमेत उनले बताए ।
संयोजक त्रिपाठीले देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन नभएर वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्थामा देशको राजनीतिक नै लिकभन्दा बाहिर गइरहेको जिकिर गरेका थिए ।
‘अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ्य प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन । तसर्थ अन्य दलप्रति हाम्रो आत्मीय सम्मान छ,’ त्रिपाठीले भने, ‘वर्तमान परिदृष्यमा दलहरुबीच न्यूनतम् साझा विषयहरुमा राष्ट्रिय सहमतिको नितान्त आवश्यकता छ । यसले नै लिक बाहिर पुगेको राजनीतिलाई पुनः सही बाटोमा ल्याउनेछ र संविधानलाई चलायमान बनाउने छ ।’
प्रतिक्रिया