जनकपुर : श्रीमान गुमाएका महिला जीवनमा कठिनाई ( १५६२५ )नगद आर्थिक सहयोग !

न्यूज डेस्क     २०७८ मंसिर २९, बुधबार ०७:३३ बजे मा प्रकासित


शम्भु पण्डित ,जनकपुरधाम । धनुषा जिल्लाको जनकपुर उप-माहानगरपालिका वाडा नं-१७ कटरैत निवासी बिगत ८ वर्षदेखि अमेरिकामा बसिरहेका छ्न । मिथिलेश यादवले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिका वडा नं-६ सिरसियाकी एकल महिला स्वर्गीय रामबाबु यादवको श्रीमती बेचनी देवि यादवले रु-१५६२५/-(पन्ध्र हजार छ सय पचिस रुपैया नगद आर्थिक सहयोग गरेको छ।

दुई महिना अगाडि श्रीमानको मृत्यु भएपछी जीवन यापन गर्न निकै कठिनाई भैरहेको हुदा पिडितले सहयोग गरिदिनका लागि हारगुहार गरे सम्पुर्ण संघ-संस्था तथा व्यग्तिगततर्फबाट सहयोग गरिदिनको लागि अनुरोध गरेकी थिइन। पिडितलाइ सम्पत्तिको नाम एउटा टुटेको झोपडी मात्रै छन त्यो पनि एलानी जग्गामा घर बान्धेर पहिलोदेखी बासिन्दा छन ।

कमाउन लागि अमेरिका पुगेका मिथिलेशले यस्ता पिडितहरुलाई सके जति आर्थिक सहयोग गर्न सधै अग्रसर्ता देखाएका छन।केही दिन अगाडि नेकपा एमालेको राष्ट्रिय अधिवेशनको लागि चितवन जादा मृत्यु भएका सप्तरी जिल्लाको सुरुङ्गा गा.पा.का स्वर्गीय भगलु सदाको परीवारलाई पनि रु-२००००/ बीस हजार नगद सहयोग गरेको थियो।

पिडित भन्छ जहाँ भएपनी भगवानले सधै तपाई र तपाइँको परीवारको रक्षा र भलो गर्ने छ। मलाई गर्व छ मिथिलेश माथी पैसा त धेरैले कमाएको छ यो संसारमा तर तपाई जस्तो राम्रो काम गर्ने थोरै छ यो संसारमा देखिएको हाे ।मिथिलेशल यस्ता पिडित लाई सहयोग गर्दै आइरहेको छ भने विभिन्न मिडियामा समाचार मार्फत जनकारि गराउदै आएको छ ।

प्रतिक्रिया





Top