जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन

मधेशपाटी अनलाइन     २०७८ पुष १, बिहीबार ०६:५१ बजे मा प्रकासित



जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीले चुनावमा उम्मेदवार हुन चाहने नेताहरुलाई कसैलाई कुनै खर्च नदिने भन्दै आआफ्नो चुनावका लागि आफै व्यवस्था गर्न निर्देशन दिएको छ ।

पार्टीको भातृसंगठन प्रेस जनमत संघका अध्यक्ष बीपी यादवका अनुसार चुनावको विषयमा छलफल गर्न बसेको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतले त्यस्तो निर्देशन दिएका हुन् ।

वडाध्यक्षको उम्मेदवारका लागि सवा लाख, पालिका अध्यक्ष तथा मेयरका लागि प्रति वडा सवा लाख, प्रदेश सभा सदस्यका लागि २५ लाख र प्रतिनिधिसभा सदस्यका ५० लाख रुपैयाँ व्यवस्था गर्न पार्टीले निर्णय गरेको यादवले बताए ।

अध्यक्ष राउतले बैठकमा भने, ‘चुनावमा जो जो उम्मेदवार बन्छ, त्यसलाई पार्टीले एक रुपैयाँ दिने छैन । चुनावको खर्च आफैले व्यवस्था गर्नुपर्छ । चुनावका लागि मतदाता किन्न होइन, सामान्य खर्चका लागि रकमको व्यवस्था गर्नुस् ।’

प्रतिक्रिया





Top