काठमाण्डाै । मुस्लिम आयाेगले निशुल्क लाेक सेवा तयारी कक्षा चलाउने भएकाे छ । आज बुधबार आयाेगले एक सूचना प्रकाशित गर्दै मुस्लिम समुदायबाट नायव सुब्बा तहमा लाेक सेवा आवेदन भरेका परिक्षार्थाीहरुलाई निशुल्क प्रथम पत्रकाे तयारी कक्षा सञ्चनलन गर्ने बताएकाे हाे ।
६५ जना सिट क्षमता ताेकिएकाे निशुल्क कक्षा लिन १२ कक्षा पास भएकाे हुनुपर्ने सुचनामा उल्लेख छ । त्यस्तै कक्षा लिनका लागि निवेदनसंगै नागरिकताकाे प्रतिलिपी, शैक्षिक प्रमाणपत्रकाे प्रतिलिपी र एक प्रति फोटाे बुझाउनु पर्ने बताइएकाे छ । आवेदन आयाेगकाे कार्यालय जावलाखेल ललितपुरमा बुझाउनु पर्ने समेत सूचनामा उल्लेख छ ।
काठमाण्डाैमा सञ्चालन गरिने निशुल्क कक्षा लिन आगामी पुस १४ गते कार्यालय समयभित्र आवेदन बुझाइसक्नु पर्ने बताइएकाे छ ।
यता मुस्लिम आयाेगका अध्यक्ष समिम मियाँ अन्सारीले मुस्लिम समुदायकाे नागरिकलाई नीजामती क्षेत्रमा आकर्षित गराउन र समावेश हुने वातावरण सृजना गर्न निशुल्क तयारी कक्षा सञ्चालनकाे तयारी गरिएकाे बताए । आयाेगले यसअघि समेत लेक सेवा आयाेगकाे बिभिन्न पदका परिक्षार्थीका लागि कक्षा चलाएकाे उनले बताए ।
प्रतिक्रिया