हेलिकोप्टर चार्टर्ड गरेर बिहे

न्यूज डेस्क     २०७८ पुष १, बिहीबार १९:४५ बजे मा प्रकासित


राधेश्याम कुशवाहा, १ पुष सर्लाही ।। एक समय थियो जब हेलिकोप्टर सामान्य परिवारका लागि सपना जस्तै थियो तर अब समयको फेरिएको छ । नेपाली समाजको समाजिक, आर्थिक विकाससंगै केही बर्ष अगाडीसम्म राजपरिवार, ठूलाबडा व्यापारी र नेताहरुका छोराको बिहमेमा देखिने हेलिकोप्टर आज भोलि आम नेपालीको बिहेमा समेत देखिन थालेका छन ।

सर्लाहीका एक जोडिले समेत हेलिकोप्टर चार्टर्ड गरेर बिहे गरेको छ । हरिवन नगरपालिका – १ भोक्टेनी निवासी झरीलाल यादवका २३ वर्षीय छोरा रेडियो मंलगवाको मैनेजर अरोज यादव ले हेलिकप्टर चार्टर्ड गरेर विवाह गरेको छ ।

मंलगवा नगरपालिका वार्ड न. ३ निवासी श्याम बाबु रायको छोरी २१ बर्षिय छोरी गुडी यादव बुधावार हिन्दु परम्परा अनुसार बिवाह सम्पन्न भएको छ । विगत दुई बर्षदेखि फेसबुकबाट सुरुवात भएको चिनजान केही महिनामै प्रेममा परिणत भएको थियो ।

फेसबुकमा प्रोफाईल फोटो मन परेपछि मैले दोस्तीको लागि अनुरोध गरेकोे थिए तर मैसेज गरेको ७ पछि मात्र रिप्लाई आएको दुल्हा अरोज यादवले बताए । फेसबुकमा नयाँ व्यक्तिको अनुरोध आएपछि मैले ३ दिनसम्म फेसबुकमा अनुरोध स्विकार नगरेको दुल्ही गुडीले बताईन ।

केटा राम्रै हेरेपछि फेसबुक अनुरोध स्विकार गरी ७ दिनपछि मैसेजको रिप्लाई गरे । मैसेज रिप्लाई गरेसंगै हाम्रो फेसबुक च्याट सुरु भयो । दुवै जनाको कुरा र विचार मिल्न थालेपछि एक महिना नबित्दै हामी धेरै नजिक भए । उहाँले मलाई प्रोजोज गरेपछि मैले नाई भन्न नसेको दुल्ही गुडीले बताईन । हामी प्रेम सम्बन्धमा आएपछि नियमित कुराकानी र भेटघाट हुन थाल्यो । करिब डेढ बर्षपछि प्रेम सम्बन्ध पछि हामीले बिहे गर्ने निधो गरे ।

केटा पनि आफनै जातका भएकाले प्रेम बारे आ–आफनो अभिभावकलाई प्रेम सम्बन्ध बारे बताउने निर्णय गरे । बिहेका लागि दुवैले आफनो अभिावकलाई भनेपछि सुरुमा अनाकानी गर्नुभयो । तर हामी कुनै शर्तमा अरुसंग बिहे गर्दैनौं भनेपछि अन्त्यमा अभिभावक सहमत भएको दुल्हा अरोज यादवले बताए । छोरीले घरमा प्रेम बारे भनेपछि सुरु सुरुमा रिष समेत उठयो ।

तर केटा आफनै जातको पढेलेखेको संस्कारी र घरपरिवार सबै राम्रै भएको थाहा पाएपछि आफू पनि बिहेका लागि सहमत भएको दुल्हीको बुबा श्याम बाबु रायले बताए । केटी पक्षको परिवार समेत राम्रो भएको र छोराले मन पराएपछि आफूले बिहेका लागि सहमत भएको दुल्हाको बुबा झरीलाल यादवले बताए ।

२ लाख रुपिया एउटा सामान्य परिवारका लागि धेरै ठूलो रकम भएपनि छोरा बुहारीले हेलिकोप्टर चढने चाहना देखाएपछि २ लाख खर्च गरेर हेलिकोप्टर चार्टड गरेको यादवले बताए । छोराको बिहेमा हेलिकोप्टर चार्टड गर्न पाएकोमा हाम्रो सबै परिवार नै खुशि रहेको र आफू गर्भ महसुस गरेको बताए ।

प्रतिक्रिया





Top