तराई सहित देशभर बाक्लो हुसु र कुहिरो लाग्नुका साथ चिसो बढ्ने

मधेशपाटी अनलाइन     २०७८ पुष ५, सोमबार ०७:०५ बजे मा प्रकासित


जनकपुरधाम । तराईका भू-भागहरुममा बिहानको समयमा हुसुरकुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने जल तथा मौसम पूवौनुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन तथा अद्यावधिक मौसमी बुलेटिन तथा सूचनाको जानकारी लिन हुन समेत सबैमा अनुरोध गरेको छ।

सोमबार बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशभरि आंशिक बदली रहनेछ।

मंगलबार दिउँसो प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

राती प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ तथा बाग्मती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। बुधबार दिउँसो पहाडी भेगमा आँशिक बदली रही बाँकि भेगमा मौसम सामान्यतया सफा रहने छ ।

प्रतिक्रिया





Top