रौतहटमा लागु औषध गाँजा सहित तिन जना महिला पक्राउ

न्यूज डेस्क     २०७८ पुष ८, बिहीबार २१:११ बजे मा प्रकासित


रबिन्द्र प्रजापति,पुस ०८ गते रौतहट ।

रौतहटमा लागु औषध गाँजा सहित तिन जना महिला पक्राउ परेकोे छ ।
जिल्लाको मध्य भाग गरुडाबाट लागु औषध गाँजा सहित तिनै जनालाई पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ।
चन्द्रनिगाहपुर गौर सडक खण्ड अन्तरगत गरुडामा ईलका प्रहरी कार्यलय गरुडाबाट सुरेन्द्र कुमार सिंहको कमाण्डमा खटिएका मोवाईल गस्ती टोलीले ना १ ह ५७५५ नंम्बरको टेम्पुलाई रोकेर चेकजाँच गर्दा टेम्पुको सिटबाट १० किलो लागु औषध गाँजा बरामत गरेका छन ।
पक्राउ पर्नेमा चितवन जिल्लाको कालिका नगरपालिका वडा नं.११ शक्तिखोर बस्ने प्रेम बहादुर
चेपाङको श्रीमती अंदाजी बर्ष ३० की अस्मिता प्रर्जा, सोही स्थान बस्ने दिल कुमार प्रजाको श्रीमती अंन्दाजी बर्ष २६ की रेशमा प्रजा र सोही नपाका अविनाश चेपाङको श्रीमती अंन्दाजी बर्ष ३४ की मनमती चेपाङ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तिनै जनालाई सम्मानित रौतहट जिल्ला अदालत गौरबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाईएको ईलका प्रहरी कार्यलय गरुडाका प्रमुख डिएसपी श्री राम भण्डारीले जानकारी दिनु भयो ।

प्रतिक्रिया





Top