प्रदेश २ : आफ्नै बाल बिवाह रोक्न संघर्ष गर्दै किशोरी

न्यूज डेस्क     २०७८ पुष ९, शुक्रबार ०७:५६ बजे मा प्रकासित


धर्मेन्द्र कुमार साह,रौतहट । खर र परालको छाना र माटोको कच्चा पर्खाल भएको घरहरुको वस्ती छ l घर कच्ची भए पनि टोलमा भन्ने सडकहरु पक्कि ढलान भएको छ l करिब ५० घर परिवार बस्ने अति बिपन्न र दलित टोलमा बस्छन रिता ,अन्जली र आरति पासवान सहितका किशोरीहरु l

कलिलो अनुहार, उमेरले भर्खरै १५- १६ मा टेक्दै गरेकी किशोरी । मनमा केही गर्छु भन्ने आँट । तर हुर्कन नपाउँदै पटक पटक बिहेको कुरा । घरको भन्दा समाजको दवाव l
बिहे गर्न परिवारले मिति तय गर्न खोज्छ , तर उनी सानै उमेरमा विवाह गर्न तयार छैनन् । बिहे रोक्न परिवारभित्रै संघर्ष गर्नुपरेको छ ।

१६ वर्षीया रिता पासवान आफ्नो आमा र बहिनीहरु संगै मामाघरमा बस्छिन् । घर भने दुर्गा भगवतीको पिपरा हो । रौतहटको राजदेवी नगरपालिका ६ करावानामा बस्ने रिता हरेक बर्षको बिहे सिजनमा दवावमा हुन्छन l उनलाई बिहे भइ दिने हो कि भन्ने डर लागि रहन्छ l यस बर्ष पनि लगनमा उनको बिहेको कुरा त् चल्यो तर उनले बिहेको प्रस्ताव अस्विकार गरेपछि बिहे हुन् नसकेको बताउछन l

रिता पासवान ४ कक्षा भन्दा धेरै पढन सकेन l घरमा आर्थि अभाव त् छदै थियो त्यसमा पनि टोलका अन्य किशोरीहरु बिधालय नगएको अवस्थामा उनलाई ४ कक्षा भन्दा माथिको शिक्षा अगाडी बढाउन सहज नभएको बताउछन l । १६ बर्षीय कलिलो रिता पासवान टोलको लागि भन्ने जवान भइसकेकोले निरन्तर बिबाहको दवाव आइराख्छन l यस अघि एक चोटि आफ्नै बिहे रोकीसकेकी रिताको
अझै बिहेको कुरा गर्न छोडेको छैन । तर अब उनको आमाले समेत उनलाई साथ् दिन थालेकी छिन l रीतालाई अझै केहि बर्ष घरमा आमालाई सघाउने र उमेर पुगेपछि मात्रै बिहे गर्ने भन्ने इच्छा छ l रिताले आफ्नो बुबा धेरै पहिला आमालाई चरम यातना दिइ घरबाट निष्काशित गरि दिए पछि मामा घरमा बस्नु परेको कथा सुनाउदै भावुक बन्छिन l

” घरमा कमाउने आमा एक्लो मात्रै हुन् l म पढन नपाएपनि अझै केहि बर्ष आमालाई सघाउछु ” रिताले बताइन l उनले आमा संगै खेतमा काम गर्ने गरेको बताउछिन l रिता यस पालिको रोपाई र कटाई को सिजनमा गरि ६ मन धान कमाएको बताउदै आफु नपढे पनि आफ्नो बहिनीलाई पुनः बिधालय फर्काउन सफल भएकोमा दंग छिन l रीताको बहिनिको नाम बबिता हो l

उनलाई गाउमा सबैले बबी नामले चिन्छन l बबिता स्थानिय आधारभूत बिधालय राजदेविको कक्षा ५ मा पढछन l उनि भन्ने ४ कक्षाको पढाई पछि बिधालय जान छोडेकी थिइन् l १३ बर्षीय बबिता माथि स्थानिय स्तरमा संचालित परिवर्तन सामुदायिक सिकाई तथा संरक्षण केन्द्रको गहिरो प्रभाव परेको देखिन्छ l उनले सिकाई केन्द्रमा भएको सिकाईकै कारण आफु पुनः बिधालय भर्ना भएको बताउदै भविष्यमा सामाजिक कुरीतिहरु बिरुद्ध सक्रिय हुने बताउछिन l उनको सो भनाईलाई पुष्टि गर्दै सोहि टोलकी १७ बर्षीय अन्जली कुमारी पासवान बबिता बिधालयमा पुनः भर्ना भएको कुरा सबैको लागि उत्साहजनक रहेको बताउछन l
तर रिताकै जस्तो अन्जली भन्ने आफनै पढाई छोडिसकेकोमा दुखि छिन l अन्जली पनि आफ्नै बाल बिबाह रोक्न संघर्ष गरिरहेको बताउदै आफुहरुको बिहे २० बर्ष भन्दा पहिले कसैले गर्न नसक्ने बताउदै थोरै आक्रोशित पनि हुन्छन l अन्जली र रिता सोहि सिकाई तथा संरक्षण केन्द्रका सदस्यहरु हुन् l

रिता र अन्जली कै जस्तै व्यथा छ १७ वर्षीया आरती पासवानको पनि । घर संगै जोडिएको रौतहटको राजदेवी नगरपालिका ६ करावाना कि आरती पनि आफ्नो बिहे आफैं रोकेकी छन् ।

हुर्केेकी छोरीलाई घर राख्न हुँदैन भन्दै उनलाई पटक पटक बिवाह गरिदिने तैयारी त् गरिन्छ तर उनको चर्को प्रतिरोधले त्यो सम्भव भएको छैन l
कक्षा ४ मा पढ्दै गर्दा परिवारले विद्यालय छुटाइदिए । विद्यालय जान नदिएपछिउनि घरको काम गर्न थालिन् । साँझ बिहान खाना पकाउने, बारीको काम गर्नु उनकोे दैनिकी बन्यो ।
आफ्नो बिहे रोक्न आरती लाई पनि रिता को जस्तै परिवारभित्र संघर्ष गर्नुपर्‍यो ।

बिहे रोकिसकेपछि भने आरतीको का आमाबुवा खुसी छन् । उनलाई हाल भन्ने बिबाह गरिदिने तनाव छैन l

रिता र अन्जलिको गाउमा लैंगिक हिंशा बिरुद्धको अभियान चलि रहेको छ l स्थानिय स्तरमा गठित सिकाई केन्द्रमार्फत हुने यो अभियानमा उनीहरु पनि सहभागी भए । अभियानमा सहभागी भएपछि उनीहरुले बालविवाह, यसको असर र कानुनी प्रावधानबारे थाहा पाए ।
त्यसपछि उनीहरुले घरमा आफूहरुको विवाह गरिदिन लागेकोबारे छलफलमा सहभागीहरुलाई बताए । सिकाई केन्द्रका किशोरी, सहजकर्ता उनीहरुकै घरमा पुगेर परिवारलाई सम्झाए ।
सुरुमा सम्झाउन खोज्दा परिवारका मान्छे निकै रिसाए ।

आफ्नो विवाह रोक्न सफल अन्जली , आरती र रिताहरु अहिले आफूजस्तै अरु किशोरीलाई सानैमा बिहे गर्न हुँदैन भन्दै सचेतना जगाउने काम गर्छन् । उनीहरुका अभिभावकहरुलाई पनि आफ्ना छोराछोरीलाई सानैमा बिहे गराउन हुँदैन, पढाउनुपर्छ भन्दै सम्झाउने गर्छन् ।

रिता र आरतिहरुले आफ्नो बिहे रोकेर अरुलाई सम्झाउँन जाँदा अभिभावक खुसी भएका छन् । पहिले बिहे नगर्दा रिसाएका गाउँलेहरु पनि अहिले उनीहरुको उदाहरण दिंदै कुरा प्रशंसा गर्ने गर्छन् ।

स्थानिय निभा कुमारी भन्नुहुन्छ, ‘रिता ,अन्जली र आरतीहरुले गरिरहेको काम प्रशंसनीय छ । उनीहरुको आँटले अरु किशोरीहरुको आत्मबल बढेको छ ।’ उहाँले अझै पनि सानै उमेरमा छोराछोरीकाे बिहे गराइदिने चलन रहेको भन्दै यसका लागि किशोर किशोरीले नै आवाज उठाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया





Top