प्रदेश २ काङ्ग्रेस मतगणना स्थलमा विवाद

न्यूज डेस्क     २०७८ पुष ९, शुक्रबार २१:०७ बजे मा प्रकासित


जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ को मतगणना स्थलमा विवाद भएको छ । महामन्त्री पदमा अगाडि देखिएका कोइराला समुहका नरेश यादवलाई अन्तिम परिणामका बेला पछि पारिएको भन्दै कोइराला समुहका नेता कार्यक्रताहरु मतगणना स्थल पुगेर होहल्ला गर्न थालेपछि विवादको स्थिती सृजना भएको छ ।

मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । औपचारिक घोषणा हुन वाँकी रहेपनि मतपरिणाम अनुसार उपसभापतीमा बिरेन्द्र प्रसाद सिंह र चन्द्रशेखर यादब विजयी भएका छन् । त्यसै गरि महामन्त्रीको एक पदमा उपेन्द्र कुमार यादब विजयी भएपनि नरेश यादव र बृहस्पति कृष्ण श्रष्ेठको मतपरिणाम विवादमा परेपछि मिलाउने काम भइरहँदा विवाद भएको छ ।

सहमहामन्त्री खुल्ला तर्फ दुई सिटका लागि भएको मतदानमा जय नारायण प्रसाद यादव र परशुराम चौधरी विजयी हुँदा सहमहामन्त्री महिला तर्फ बिन्दु कुमारी यादव विजयी भएकी हुन । औपचारिक घोषणा हुन भने वाँकी छ भने मतपरिणामको विस्तृत विवरण आउन वाँकी रहेको छ ।

प्रतिक्रिया





Top