पक्राउ परेका किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टीद्वारा आज सिराहा बन्दको घोषणा

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार ०६:१३ बजे मा प्रकासित


सिराहा । सिराहाको औरहीमा पक्राउ परेका किसानहरुको रिहाईको माग गर्दै जनमत पार्टी सिराहाले आज आईतबार आमहडतालको घोषणा गरेका छन् ।

 

औरही गाउँपालिकामा गहुँ बिउ लुटपाट घटनामा पक्राउ परेका किसानहरुको बिना शर्त रिहाईको माग गर्दै बन्दको घोषणा गरिएको हो । दमकल, एम्बुलेन्स जस्ता अति आवश्यक सवारी साधन बाहेक स्कुल, कलेज, बजारलगायत पुर्ण रुपमा ठप्प रहने जनाएको छ ।

बन्दको पुर्व सन्ध्यामा जनमत पार्टीका कार्यकर्ताहरुले सिरहाको प्रमुख् बजार सिरहा सदमुकाम, मिर्चैया, गोलबजार , लहानलगायत स्थानमा शनिवार बेलुकी मशाल जुलुस प्रर्दशन गरेका थियो ।

 

किसानहरुले निः शुल्क रुपमा पाउनुपर्ने गहुँ बीउ समयमा नपाएको भन्दै स्थानीयले केहिदिन देखि विरोध गर्दै आएका थिए । स्थानीयको अनुसार बीउ वितरणमा गा.पा उदासीन देखिनुको साथै समय टार्दै गरेकोले पीडित किसानहरु बीउ लुटन बाध्य भएका थिए ।

त्यसैक्रममा केही युवा किसानलाई प्रहरीले पक्राउ गरेका थिए । ती युवाहरूलाई अभिलम्ब रिहाईको माग गर्दै गाउँपालिका कार्यालयमा तालाबन्दी समेत गरिएको जानकारी जनमत पार्टीको युवानेता दिपेन्द्र यादवले दिएको छ ।

प्रतिक्रिया





Top