महोत्तरी : १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने खोजेको आरोपमा एक यादव पक्राउ

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार ०६:२७ बजे मा प्रकासित



जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ९, पशुपतिनगरमा बलात्कार गर्न खोजेको आरोपमा एक बालकलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेका बर्दिबास नगरपालिका – ७, मनहरीपुर बस्ने १४ वर्षीय अर्जुन यादवलाई सनीबार चौलीखा प्रहरी चौकीले पक्राउ गरेको हो ।

 

घाँस काट्ने क्रममा यादवले ती बालिकालाई आपराधिक बल प्रयोग गरी जबरजस्ती करणी उद्योग गरेको भन्ने प्राप्त जानकारीको आधारमा चौलीखाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जाँच बुझ तथा अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबास पठाएको चौलिखा प्रहरी चौकीका इन्चार्ज महेन्द्र प्रसाद यादवले जनाए ।

प्रतिक्रिया





Top