आमहड्ताल उल्लंघन सिरहामा जनमतका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड,कार्यकर्ता र प्रहरीबीच झडप

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार १४:३४ बजे मा प्रकासित


जनकपुरधाम। आमहड्तालको उल्लंघन गरेको भन्दै पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सिरहाको गोलबजार र मिर्चैयामा जनमत पार्टीका कार्यकर्ताहरुले दर्जनौं गाडी तोडफोड गरेका छन् ।

मिर्चैया र गोलबजारमा बन्दकर्ता जनमतका कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले कैयौं सेल आश्रुग्यास समेत प्रहार गरेका छन् । यद्दपी प्रहरी राजमार्ग खुलाउन सकेका छैन ।

औरही गाँउपालिकाले दिएको झुठो मुद्दामा प्रहरीले किसानलाई पक्राउ गरेपछि जनमत पार्टीले आज सिरहा जिल्ला आमहड्ताल गरेको हो ।

औरही गाउपालिकाले किसानलाई नै वितरण गर्न गहुं बीउ गोदाममा राखेको थियो । तर गाउपालिका अध्यक्ष सिदार्थ यादवले समयमा बीउ वितरण गर्न सकेनन् । बाध्य भएर किसानहरु गोदामबाट गहुं बीउ उठाएर लगे ।

बीउ किसानहरुले लगेपछि गाउपालिका अध्यक्ष सिदार्थ यादवले राजनीतिक प्रतिशोधका कारण प्रहरीमा चार जनामाथि मुद्दा दर्ता गराएर फसाउन खोजेका छन् । प्रहरीले एक किसानलाई पक्राउ समेत गरिसकेको छ। त्यसकै विरुद्ध जनमत पार्टी आन्दोलित बनेको हो ।

प्रतिक्रिया





Top