पर्सामा गए राति आगलागी, लाखौँको क्षति

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार १९:३८ बजे मा प्रकासित



रबिन्द्र प्रजापति, पुस ११ गते रौतहट ।

पर्साको पकहामैनपुर गाउँपालिका वडा नम्बर १ धोरे निवासी जगरनाथ प्रसाद चौहानको गोठमा गए राति आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

गोठमा जाडो तथा लामखुट्टेबाट पशुलाई बचाउन बालिएको घुरबाट अचानक आगलागी हुँदा गोठमा रहेका चार वटा बाख्रा मरेका छन् भने एउटा भैँसी र तीन वटा पाठा पाठी घाइते भएका छन् ।

आगलागीको कारण गोठमा भण्डारण गरिएको खाद्यान्न, काठ पात गरी लाखौँको क्षति भएको पीडित चौहानले बताए ।

आगो स्थानीय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिएको कारण अन्यत्र फैलिन नपाएको स्थानीय प्रेमनाथ साह तेलीले बताए।

 

प्रतिक्रिया





Top