प्रचण्ड र विप्लवले एउटा कागजमा घोषणा गरे खुरूखुरू बन्द, जनमतले गरिँदा इग्‍नोर गर्ने ? डा. राउत

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार २१:१८ बजे मा प्रकासित



सिरहा । सिरहामा आईतबार गरिएको बन्द हडतालको अवज्ञा गर्नेलाई जनकारवाही गरेको जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले बताएका छन् ।

प्रचण्ड र विप्लवले खाल्डोबाटै एउटा कागजमा बन्द भनेर घोषणा गरे पछि खुरूखुरू बन्द गर्ने, तर सिरहाको किसान उपर भएको दमनको विरूद्धमा सिरहा नै बन्द गरिँदा इग्‍नोर गर्ने ? भनेर प्रश्न तेर्साएका छन् ।

विप्लव र गोइतले छेउैमा बम नै पड्काउँदा चूईं नबोल्नेहरु अहिले जनमत पार्टीले बन्दको आह्वान गर्दा धुलो उडयो भन्नु मजाक मात्र रहेको बताएका छन् । “एक लाइन कमेन्ट गर्न डराउने, तर त्यै डरछेरूवाहरूलाई आज किसानहरू दमन विरूद्धमा ओर्लिदा धूलो उड्यो रे ।”– उनले फेसबुकमा लेखेका छन् ।

उनले अगाडी लेखेका छन्–“अहिले धूलो उडेको छ, हेर्दै जाऊ के के उड्छ। सबै उत्पीडितहरू गाउँगाउँबाट उठेपछि। युद्ध र प्रेममा सबै जायज हुन्छ। त्यसमा यो त धर्म र अधर्म बीचको युद्ध हो। सदाचारी किसान र भ्रष्टाचारी सरकार बीचको युद्ध हो। निर्दोष जनता र भ्रष्ट जनप्रतिनिधि बीचको युद्ध हो। यो न्याय र अन्याय बीचको युद्ध हो।”

किसान र निर्दोष जनताको लागि ज्यानै दिनु परे पनि पछि नहटने बताउँदै प्रदर्शनकारीहरुलाई स्यावासी समेत दिएका छन् । उनले किसानको लागि जनमत पार्टी सधैँ अगाडी रहेको बताए ।

प्रतिक्रिया





Top