जनमत पार्टीले भोलि सोमबार फेरि आन्दोलन सिरहा जिल्लाभरी बन्दको घोषणा

मधेशपाटी अनलाइन     २०७८ पुष ११, आईतवार २२:४७ बजे मा प्रकासित


मधेशपाटी,जनकपुरधाम । जनमत पार्टीले भोलि साेमबार पुस १२ गते पुनः सिराहा जिल्ला बन्दको घोषणा गरेको छ ।

मल, खाद्य र बिउको समस्या झेलिरहेका गरिब किसानको समस्या पुर्णतः समाधान नभएसम्म र गिरफ्तार भएका किसान तथा कार्यकर्ताहरु बिना शर्त रिहा नभएसम्म आन्दोलन जारी रहने जनमत पार्टीका स्रोतले बताए ।

मल र बीउ सिराहाको मात्र समस्या नभई राष्ट्रिय समस्या भएको हुनाले त्यसको समाधानको जिम्मा सरकारले लिनुपर्ने र त्यसलाई तत्कालै सम्बोधन गर्नुपर्ने आन्दोलनकारीहरुको माग रहेको छ । देशमा व्याप्त कमिशनखोरी, दलाली र चाकरीबाजी अन्त नहुन्जेलसम्म जनमत पार्टीले आन्दोलनको विभिन्न स्वरुप बनाई संघर्ष गरिरहने चेतावनी दिएको छ ।

प्रतिक्रिया





Top