कटहरियामा सईको रुपमा गुप्ता आए पछि बिभिन्न राजनितीक दलका प्रतिनिधी र ब्यपारीहरु संगको परिचरात्मक कार्यक्रम आइतबार संम्पन

मधेशपाटी अनलाइन     २०७८ पुष १२, सोमबार ०६:२५ बजे मा प्रकासित


रबिन्द्र प्रजापति, पुस १२ गते रौतहट ।

रौतहटको कटहरियामा सईको रुपमा सुरेश गुप्ता आए पछि बिभिन्न राजनितीक दलका प्रतिनिधी र ब्यपारीहरु संगको परिचरात्मक कार्यक्रम आइतबार संम्पन भएको छ ।

जिल्लाको मध्य भाग कटहरियामा रहेको ईलाका प्रहरी कार्यलयमा गएको हप्ता देखि प्रमुखको रुपमा जिम्मेवारी समहालिएका सई सुरेश गुप्ता आईतबार एक कार्यक्रमका बिच परिचरात्मक कार्यक्रम आयोजना गरिएको थियो ।

कटहरिया नगरपालिकाका बिभिन्न वडा तथा कटहरिया एरियामा प्रहरी बाट के कस्ता किसीका शान्ति सुरक्षा गर्नु पर्ने भन्दै त्यसको बिषयमा सई गुप्ताले राजनितीकदल संग परामर्श तथा छलफल गरेका थिए ।

जवाफमा कटहरिया नगरपालिकाका नगर प्रमुख शियाराम प्रसाद कुश्वाहाले बिकाश निर्माणको कार्यमा भईरहेको राजनितीकमा कसैको प्रभावमा नपरी सत्य तथ्य जाच बुझ गरी कार्यमा सहयोग गर्न अपिल गर्नु भयो ।

कटहरिया बजारमा राजनितीक दलको कारणले गर्दा बिकाशका पुर्वाधारहरुमा रोक लागने गरेको भन्दै त्यसमा पनि प्रहरीको तर्फबाट आफनो भुमिका निर्वाह गर्न अनुरोध गर्नु भयो । साथै वहाले आफु नगर प्रमुख भएको नाताले जनताको सेवामा अहो रात खटने ईलका प्रहरी कार्यलयलाई आफुबाट हुनु पर्ने सहयोग गर्नको लागि तत्पर रहेको बताउनु भयो ।

त्यस्तै कटहरिया म्युजिकल एफ एमका प्रबन्ध निर्देशक प्रकाश श्रेष्ठले जनताको समस्यामा कसैलाई काखा र कसौलाई पाखा नगरी सबैलाई सम्मान व्यवहार रुपले हेर्नु पर्ने सुझाव दिनु भएको थियो । समाज सेवामा प्रहरीको भुमि बिषय कसैले औला ठडयाउने काम नगरोस भने अवगत गराउनु भयो । त्यस्तै स्थानिय पत्रकार तथा कटहरिया एफ एमका प्रमुख संजय मिश्राले कटहरिया बजारमा भई रहेको खुल्याम दारु पसल संचालनको बिषयमा अवगत गराएका थिए ।

प्रतिक्रिया





Top